ताजा समाचार

 नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा

काठमाण्डौ – नेपाल मलेसियालाई ९ विकेटले हराउँदै एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गर्याे । त्यसअघि यूएइको अजमानमा रहेको सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया १७ ओभर २ बलमा ५१ रन बनाउँदा अलआउट भएको थियो ।

साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । आज नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ ।

फाइनलमा पुग्ने दुबै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । तेस्रो हुने टोली पनि एशिया कपमा छनोट हुनेछ ।

१९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल पर्सि सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org