पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।
लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । त्यसयताका तीन खेलमा भने लुम्बिनीले कर्णाली याक्सविरुद्ध नौ विकट, काठमाण्डू गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्ससँग सात विकेटको हार व्यहोरेको थियो ।
पोखराको भने चौथो खेलमा यो तेस्रो हार हो । पोखराले पहिलो र दोस्रोमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग क्रमशः ५३ र १८ रनको हार व्यहोरेको थियो । पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको थियो ।
शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २२–२ को स्थितिबाट रोहितले निरोसाहन डिकवेलासँग ५४ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । निरोसानले २२ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन थपे ।
लुम्बिनीले २२ रनमै दुई विकेट गुमाउँदा ओपनरद्वय डी‘एर्सी शर्टले सात र सुमित महर्जनले ‘डक’ भए । सन्दीप जोरा २२ बलमा दुई चौका र एक छक्कासहित २५ रनमा अविजित रहे । गुलबदिन नैबले ११ बलमा दुई छक्कासहित १७ रनको योगदान गरे ।
पोखराका विपीन खत्री, म्याट टेलर र सागर ढकालले दुई/दुई विकेट लिए । जिम्मी निसमको नाममा एक विकेट रह्यो । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
पोखराले सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो र दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको थियो ।त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् । तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौँ ब्याटरका रूपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका निम्ति ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए । निशमले ५१ रन जोडे । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए । गुलबदिन नाइबले एक विकेट लिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












