पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।
लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । त्यसयताका तीन खेलमा भने लुम्बिनीले कर्णाली याक्सविरुद्ध नौ विकट, काठमाण्डू गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्ससँग सात विकेटको हार व्यहोरेको थियो ।
पोखराको भने चौथो खेलमा यो तेस्रो हार हो । पोखराले पहिलो र दोस्रोमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग क्रमशः ५३ र १८ रनको हार व्यहोरेको थियो । पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको थियो ।
शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २२–२ को स्थितिबाट रोहितले निरोसाहन डिकवेलासँग ५४ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । निरोसानले २२ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन थपे ।
लुम्बिनीले २२ रनमै दुई विकेट गुमाउँदा ओपनरद्वय डी‘एर्सी शर्टले सात र सुमित महर्जनले ‘डक’ भए । सन्दीप जोरा २२ बलमा दुई चौका र एक छक्कासहित २५ रनमा अविजित रहे । गुलबदिन नैबले ११ बलमा दुई छक्कासहित १७ रनको योगदान गरे ।
पोखराका विपीन खत्री, म्याट टेलर र सागर ढकालले दुई/दुई विकेट लिए । जिम्मी निसमको नाममा एक विकेट रह्यो । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
पोखराले सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो र दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको थियो ।त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् । तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौँ ब्याटरका रूपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका निम्ति ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए । निशमले ५१ रन जोडे । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए । गुलबदिन नाइबले एक विकेट लिए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











