ताजा समाचार

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेडको स्थान पक्का

गछियो (मोरङ)। मोरङको गछिया बजारस्थित खेलमैदानमा शुक्रबार गछिया गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनलमा गाईघाट युनाइटेडले जीत हासिल गरेको छ । सहलेस फुटबल क्लब सिरहामाथि कडा संघर्षसहित १–० को जीत दर्ता गर्दै अन्तिम चरणसम्मको यात्रा तय गरेको छ।

खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको शानदार फ्री–किक नै गाईघाटका लागि निर्णायक साबित भयो। उत्कृष्ट प्रदर्शनका आधारमा विनोद राई “म्यान अफ द म्याच” घोषित भए । उनले नकद ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए।

अब गाईघाट युनाइटेडले उपाधिका लागि सोमबार हुने फाइनलमा आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीच शनिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग भिड्नेछ। प्रतियोगितामा च्याम्पियनले २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org