न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले जारी गरेको विज्ञप्तिमा यस्ता अवाञ्छित टिप्पणीले नागरिकले निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने संवैधानिक अधिकारमा नकारात्मक असर पार्नेप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि पछिल्लो समय देखिएका आलोचना र टिप्पणीहरू प्रणालीगत सुधारको उद्देश्यले नभई व्यक्तिगत पूर्वाग्रह र तथ्यहीन आधारमा केन्द्रित देखिन्छन्। “यस किसिमका आलोचना सुधारको भावनाबाट प्रेरितभन्दा पनि पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यविहीन देखिन्छन्,” विज्ञप्तिमा उल्लेख छ।
यस्ता व्यवहारले न्याय सम्पादनको प्रभावकारिता बढाउने नभई नागरिकको निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने अधिकारमाथि प्रत्यक्ष खतरा सिर्जना गर्ने समाजको ठहर छ। साथै, समाजले मुद्दा फैसला गर्दा दुवै पक्षलाई सन्तुष्ट पार्न सम्भव नहुने यथार्थलाई पनि ध्यानमा राख्नुपर्ने जनाएको छ। अदालतमा प्रवेश गरेका पक्षहरूमध्ये एक पक्ष हार्ने र अर्को पक्ष जित्ने स्वाभाविक प्रक्रिया भए पनि हार्ने सबै पक्षलाई पीडितका रूपमा चित्रण गर्नु न्यायिक मर्यादाविपरीत हुने समाजको भनाइ छ।
न्याय सम्पादनका क्रममा न्यायाधीशबाट कुनै कमी–कमजोरी भएमा त्यसलाई विधिसम्मत रूपमा सम्बन्धित निकायमा उजुरी गर्न पनि न्यायाधीश समाज नेपालले अपिल गरेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












