न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले जारी गरेको विज्ञप्तिमा यस्ता अवाञ्छित टिप्पणीले नागरिकले निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने संवैधानिक अधिकारमा नकारात्मक असर पार्नेप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि पछिल्लो समय देखिएका आलोचना र टिप्पणीहरू प्रणालीगत सुधारको उद्देश्यले नभई व्यक्तिगत पूर्वाग्रह र तथ्यहीन आधारमा केन्द्रित देखिन्छन्। “यस किसिमका आलोचना सुधारको भावनाबाट प्रेरितभन्दा पनि पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यविहीन देखिन्छन्,” विज्ञप्तिमा उल्लेख छ।
यस्ता व्यवहारले न्याय सम्पादनको प्रभावकारिता बढाउने नभई नागरिकको निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने अधिकारमाथि प्रत्यक्ष खतरा सिर्जना गर्ने समाजको ठहर छ। साथै, समाजले मुद्दा फैसला गर्दा दुवै पक्षलाई सन्तुष्ट पार्न सम्भव नहुने यथार्थलाई पनि ध्यानमा राख्नुपर्ने जनाएको छ। अदालतमा प्रवेश गरेका पक्षहरूमध्ये एक पक्ष हार्ने र अर्को पक्ष जित्ने स्वाभाविक प्रक्रिया भए पनि हार्ने सबै पक्षलाई पीडितका रूपमा चित्रण गर्नु न्यायिक मर्यादाविपरीत हुने समाजको भनाइ छ।
न्याय सम्पादनका क्रममा न्यायाधीशबाट कुनै कमी–कमजोरी भएमा त्यसलाई विधिसम्मत रूपमा सम्बन्धित निकायमा उजुरी गर्न पनि न्यायाधीश समाज नेपालले अपिल गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











