हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ ।
तत्कालीन नेकपाको विप्लव समूहमा हुँदा काठमाडौंमा भएको शृङ्खलाबद्ध बम बिष्फोटमा उनी संलग्न रहेको सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । उनी बूढानीलकण्ठ नगरपालिका ११‚ कपनबाट पक्राउ परेका हुन् ।
धनकुटाको पाख्रिबास नगरपालिका ९ घर भएका ५० वर्षीय तामाङ कुमार, देवराज लामा र विश्वक्रान्ति जस्ता उपनामले चिनिने एसएसपी श्रेष्ठले बताए ।
उनका विरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । २०७५ सालमा उक्त मुद्दा दर्तादेखि उनी फरार थिए । थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको श्रेष्ठले बताए ।
उनी २०६८ फागुन १५ गते बबरमहलस्थित नेपाल आयल निगमको गेटमा विष्फोट भएको टाइम बमको जडान र कसुरमा संलग्न थिए । २०६९ असार १२ मा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेका उनी नख्खु कारागार चलान भएका थिए ।
उनलाई २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसका अवसरमा तत्कालीन सरकारले आममाफी सहित रिहा गरेको थियो । तर, ज्यान मुद्दामा दिइएको आममाफी अदालतले स्वीकार नगरेपछि उनी पुनः पक्राउ परेका हुन् ।
उक्त घटनामा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो । सोमबहादुर तामाङ घाइते भएका थिए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











