ताजा समाचार

हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ ।

तत्कालीन नेकपाको विप्लव समूहमा हुँदा काठमाडौंमा भएको शृङ्खलाबद्ध बम बिष्फोटमा उनी संलग्न रहेको सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । उनी बूढानीलकण्ठ नगरपालिका ११‚ कपनबाट पक्राउ परेका हुन् ।

धनकुटाको पाख्रिबास नगरपालिका ९ घर भएका ५० वर्षीय तामाङ कुमार, देवराज लामा र विश्वक्रान्ति जस्ता उपनामले चिनिने एसएसपी श्रेष्ठले बताए ।

उनका विरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । २०७५ सालमा उक्त मुद्दा दर्तादेखि उनी फरार थिए । थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको श्रेष्ठले बताए ।

उनी २०६८ फागुन १५ गते बबरमहलस्थित नेपाल आयल निगमको गेटमा विष्फोट भएको टाइम बमको जडान र कसुरमा संलग्न थिए । २०६९ असार १२ मा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेका उनी नख्खु कारागार चलान भएका थिए ।

उनलाई २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसका अवसरमा तत्कालीन सरकारले आममाफी सहित रिहा गरेको थियो । तर, ज्यान मुद्दामा दिइएको आममाफी अदालतले स्वीकार नगरेपछि उनी पुनः पक्राउ परेका हुन् ।

उक्त घटनामा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो । सोमबहादुर तामाङ घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org