२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दशमलव २२ बिन्दुुमा कायम भएको छ ।
सातामा तीन सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९४ हजार २४ पटकको कारोबारमा चार करोड ६७ लाख २३ हजार छ सय ६३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १९ अर्ब ३७ करोड ५१ लाख ३४ हजार छ सय ५४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैंयाँले कम हो ।
गत साता तीन सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ९६ हजार सात सय ९२ पटकको कारोबारमा चार करोड ६० लाख २३ हजार छ सय ४८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ९९ करोड ५७ लाख ४३ हजार नौं सय ९९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन ओरालो लागेको नेप्से बाँकी तीन कार्यदिन उकालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक १२ दशमलव ५० अंकले ओरालो लागेर दुई हजार पाँच सय ९४ दशमलव ८७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७९ अंकले ओरालो लागेर चार सय ४५ दशमलव ५० बिन्दुमा झरेको थियो ।
दोस्रो दिन भने नेप्से परिसुचक छ दशमलव ७४ अंकले उकालो लागेर दुई हजार छ सय एक दशमलव ६१ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले उकालो लागेर चार सय ४७ दशमलव ५२ बिन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक १८ दशमलव ३७ अंकले उकालो लागेर दुई हजार छ सय १९ दशमलव ९९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १५ अंकले उकालो लागेर चार सय ५० दशमलव ६७ बिन्दुमा चढेको थियो ।
चौंथो दिन नेप्से परिसुचक पाँच दशमलव पाँच दशमलव ७० अंकले उकालो लागेर दुई हजार छ सय २५ दशमलव ७० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले उकालो लागेर चार सय ५१ दशमलव ८६ बिन्दुमा चढेको थियो ।
पाँचौं दिन भने नेप्से परिसुचक १० दशमलव ६६ अंकले ओरालो लागेर दुई हजार छ सय १५ दशमलव तीन बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले ओरालो लागेर लागेर चार सय ५० दशमलव २२ बिन्दुमा चढेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड अगाडि परेको छ । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












