११ स्वर्णसहित विराटनगरको एभरेष्ट स्कुल ‘राष्ट्रपति रनिङ शिल्ड’ च्याम्पियन
विराटनगर / ११ स्वर्णसहित विराटनगरको एभरेष्ट स्कुलले विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी जितेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य गरि २६ पदकका साथ आदर्श माविले दोेस्रो स्थानमा चित्त बुझायो । त्यस्तै ८ स्वर्ण ७ रजत र ७ कास्य गरि २२ पदकका साथ सत्यनारायण मावि तेस्रो बन्न सफल भयो ।
शुक्रबार भएको छात्र ट्रिपल जम्पमा जनता माविका समिर राजवंशीले स्वर्ण, सत्यनारायणका रोहन शर्मा रजत र आदर्श माविका अमन राजवंशीले कास्य पदक जिते भने ट्रिपल जम्प छात्रातर्फ स्टार माविकी प्रिया मिश्रले स्वर्ण, मिल्स माविकी तरबा खातुनले रजत र आदर्शकी मोहिनी दासले कास्य पदक जितिन् । त्यसैगरि ८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माविका समिर राजवंशीले रजत र ग्यालेक्सी माविका विवश अधिकारीले कास्य पदक हात पारे । २ सय मिटर छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण, अरनिको माविका अभिषेक यादव रजत र जनता नमुनाका आयुष राजवंशीले कास्य पदक जिते । २ सय मिटर दौडको छात्रातर्फ सरस्वती माविकी फूलकुमारी राजवंशीले स्वर्ण , स्टार माविकी प्रिया मिश्रले रजत र आदर्श माविकी एन्जिला भट्टराईले कास्य पदक जितिन् ।
भलिबलमा प्लेयर अफ टुर्नामेन्ट छात्रतर्फ पोखरीका अरिबहादुर परियार र छात्रातर्फ विकेभिएमका सलिस्मा सिंह घोषित हुँदा कवडीतफ छात्रमा महेन्द्रका दिपेश राजवंशी र छात्रातर्फ सत्यनारारयणकी संन्तोषी राँय घोषित भइन्।
पुस ९ देखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।
विजेयी खेलाडी तथा विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रतियोगिताको संयोजन गरेको विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार तथा ट्रफि वितरण गरे ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











