‘नेपाल–चीन सम्बन्धको ७० औं सुखद वर्ष सम्झाउने साँझ’
काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुनै लागेको अवसरमा शनिबार साँझ एक विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौको याक एण्ड यति होटलमा आयोजित एक भव्य कार्यक्रममार्फत दुई देशको समस्यारहित सदाबहार सम्बन्धका अनेकौं पलहरुलाई सम्झने काम भएको छ । वि।सं। २०१२ साउन १९ गते तदनुसार १९५५ अगष्ट ३ तारिखका दिन औपचारिक रुपमा स्थापना भएको उक्त सम्बन्धले सात दशक पार गरेको अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासले ठूलो जमघटको आयोजना गरेको हो ।
भर्खर नयाँ जिम्मेवारी सम्हाल्न आइपुगेका कार्यवाहक राजदूत ९चार्ज डे अफेयर्स० चौ पानको निम्तो मान्न मन्त्रीगण,संवैधानिक अङ्गका पदाधिकारीहरु,सचिवलगायत सरकारी उच्च अधिकारीहरु,विभिन्न कूटनीतिक नियोगका कर्मचारीहरु,समाजका गण्यमान्य भद्रभलाद्मीहरु,सुरक्षा प्रमुखहरु,विभिन्न मैत्री संघ, संगठनका प्रतिनिधि तथा सञ्चारकर्मी र विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरुको आजको जमघटमा बाक्लो उपस्थिति थियोे ।
भर्खर नयाँ जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निम्तो मान्न उपसभामुख,मन्त्रीगण,संवैधानिक अङ्गका पदाधिकारीहरु,सचिवलगायत सरकारी उच्च अधिकारीहरु,विभिन्न कूटनीतिक नियोगका कर्मचारीहरु,समाजका गण्यमान्य भद्रभलाद्मीहरु,सुरक्षा प्रमुखहरु,विभिन्न मैत्री संघ, संगठनका प्रतिनिधि तथा सञ्चारकर्मी र विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरुको बाक्लो उपस्थिति थियोे ।
यसबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्वन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ भने दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सन्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ । गत हप्ता मात्रै पनि चौथो नेपाल चाइना सन्चार सम्मेलन सम्पन्न भएको छ । यसवीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्धन गर्ने उध्देश्यसहित ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ । वर्षभरी जसो विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामुलक कार्यक्रमहरू समेत आयोजना गरिएको र यो क्रम आउँदो बर्ष अझ बिस्तार हुने समेत बुझिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












