ताजा समाचार

तत्कालीन गृहमन्त्री लेखक आज बयानका लागि जाँचबुझ आयोगमा

काठमाडौं । नेपाली कांग्रेस नेता रमेश लेखक एवं निवर्तमान गृहमन्त्री आज जाँचबुझ आयोगमा बयान दिन जाँदैछन्।

लेखकले केही दिनअघि मात्रै घटनाका विषयमा जानकारी गराउन आफू जाँचबुझ आयोगमा जाने जानकारी गराएका थिए। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो। तर, उनी आज बयानका लागि जान लागेका हुन्।

लेखकको सचिवालयका अनुसार बयानबाट फर्किएपछि आजै संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमार्फत बयानका बारेमा जानकारी गराउने कार्यक्रम छ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंलगायत देशका विभिन्न शहरहरूमा सार्वजनिक तथा नीति सम्पत्तिमाथि तोडफोड र आगजनी भएपछि सोही दिन लेखकले राजीनामा दिएका थिए।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटना छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।

आयोगले घटनाको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान लिइसकेको छ। आज लेखको बयान लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने आयोगको तयारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org