तत्कालीन गृहमन्त्री लेखक आज बयानका लागि जाँचबुझ आयोगमा
काठमाडौं । नेपाली कांग्रेस नेता रमेश लेखक एवं निवर्तमान गृहमन्त्री आज जाँचबुझ आयोगमा बयान दिन जाँदैछन्।
लेखकले केही दिनअघि मात्रै घटनाका विषयमा जानकारी गराउन आफू जाँचबुझ आयोगमा जाने जानकारी गराएका थिए। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो। तर, उनी आज बयानका लागि जान लागेका हुन्।
लेखकको सचिवालयका अनुसार बयानबाट फर्किएपछि आजै संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमार्फत बयानका बारेमा जानकारी गराउने कार्यक्रम छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंलगायत देशका विभिन्न शहरहरूमा सार्वजनिक तथा नीति सम्पत्तिमाथि तोडफोड र आगजनी भएपछि सोही दिन लेखकले राजीनामा दिएका थिए।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटना छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।
आयोगले घटनाको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान लिइसकेको छ। आज लेखको बयान लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने आयोगको तयारी छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











