नेप्सेको उच्च वृद्धि एक दिन पनि टिक्न सकेन, १० अंकले घट्यो
काठमाडौं । नेप्सेको उच्च वृद्धि एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन ४७ दशमलव ५५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १० दशमलव ५३ अंकले घटेर २६ सय २२ दशमलव ८८ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर चार सय ५५ दशमलव ३१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको ६९ हजार पाँच सय ४८ पटकको कारोबारमा एक करोड ३७ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा दुईवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये बिकास बैंक समूहको सूचक ३६ दशमलव ६३ अंकले बढेर ५४ सय ६६ दशमलव ९७ अंकमा पुगेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य पाँच अंकले बढेको छ ।
यि बाहेक वाणिज्य बैक समूहको सूचक पाँच दशमलव ३१ अंकले घटेर १३ सय ६७ दशमलव १६ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि एक दशमलव सात अंकले घटेर २३ सय २१ दशमलव तीन अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि २६ दशमलव ३५ अंकले घटेर ३३ सय ३१ दशमलव ६२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव १४ अंकले घटेर १२ हजार नौं सय ५९ दशमलव ६१ अंकमा झरेको छ ।
निर्जीवन बिमा समुहको सूचक पनि २५ दशमलव १२ अंकले घटेर १० हजार नौ सय ५३ दशमलव ५६ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः आठ दशमलव ४०, शून्य दशमलव २२, एक, चार दशमलव १८, १९ दशमलव ५२ र २४ दशमलव २० अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एसवाई प्यानल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा एसवाई प्यानल लिमिटेड परेको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












