नेप्सेको उच्च वृद्धि एक दिन पनि टिक्न सकेन, १० अंकले घट्यो
काठमाडौं । नेप्सेको उच्च वृद्धि एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन ४७ दशमलव ५५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १० दशमलव ५३ अंकले घटेर २६ सय २२ दशमलव ८८ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर चार सय ५५ दशमलव ३१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको ६९ हजार पाँच सय ४८ पटकको कारोबारमा एक करोड ३७ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा दुईवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये बिकास बैंक समूहको सूचक ३६ दशमलव ६३ अंकले बढेर ५४ सय ६६ दशमलव ९७ अंकमा पुगेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य पाँच अंकले बढेको छ ।
यि बाहेक वाणिज्य बैक समूहको सूचक पाँच दशमलव ३१ अंकले घटेर १३ सय ६७ दशमलव १६ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि एक दशमलव सात अंकले घटेर २३ सय २१ दशमलव तीन अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि २६ दशमलव ३५ अंकले घटेर ३३ सय ३१ दशमलव ६२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव १४ अंकले घटेर १२ हजार नौं सय ५९ दशमलव ६१ अंकमा झरेको छ ।
निर्जीवन बिमा समुहको सूचक पनि २५ दशमलव १२ अंकले घटेर १० हजार नौ सय ५३ दशमलव ५६ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः आठ दशमलव ४०, शून्य दशमलव २२, एक, चार दशमलव १८, १९ दशमलव ५२ र २४ दशमलव २० अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एसवाई प्यानल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा एसवाई प्यानल लिमिटेड परेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











