तोसिमाले रास्वपाको समानुपातिक सूचीप्रति किन जनाइन् आपत्ति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति कडा आपत्ति जनाएकी छन्। समानुपातिक प्रणालीको मूल मर्मविपरीत सूची तयार गरिएको भन्दै उनले पार्टीभित्र देखिएको आफन्तवाद र नातावादको अन्त्य हुनुपर्ने माग गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कार्कीले समानुपातिक प्रणालीको उद्देश्य भौगोलिक रूपमा पछाडि परेका, पहुँच र शक्ति नपुगेका तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउने रहेको उल्लेख गरेकी छन्। उनले कर्णाली, सुदूरपश्चिम, गाउँ र विपन्न समुदायको आवाज समानुपातिक सूचीमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिँदै पार्टी नेतृत्वका आफन्त र प्रभावशाली व्यक्तिहरू नै सूचीमा प्राथमिकतामा पर्नुले प्रणालीकै औचित्यमाथि प्रश्न उठेको बताएकी छन्।
उनले समानुपातिक प्रणालीले समावेशीकरण गर्नुपर्ने हो, निषेध गर्न होइन भन्ने स्पष्ट गर्दै पार्टीले पेश गरेको सूचीले समावेशीताको भावना कमजोर बनाएको आरोप लगाएकी छन्। साथै, पार्टी पदाधिकारीहरूलाई समानुपातिक सूचीमा राखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले प्राइमरी भोटिङको मर्ममाथि धक्का पुगेको टिप्पणी गरेकी छन्।
कार्कीले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले समानुपातिकको साटो प्रत्यक्ष निर्वाचन लड्ने साहस देखाउनुपर्ने धारणा राखेकी छन्। पार्टी ठूलो भइसकेको अवस्थामा पनि नेतृत्व तहका नेताहरू प्रत्यक्ष चुनाव लड्न हिच्किचाएको भन्दै उनले प्रश्न उठाएकी छन्।
उल्लेखनीय छ, रास्वपाले समानुपातिक बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि अग्रपंक्तिमा रहेका केही व्यक्तिहरू सूचीमा नपरेको र केही सेलिब्रेटी, पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरू समेटिएको विषयले पार्टीभित्र असन्तोष बढाएको देखिन्छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












