तोसिमाले रास्वपाको समानुपातिक सूचीप्रति किन जनाइन् आपत्ति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति कडा आपत्ति जनाएकी छन्। समानुपातिक प्रणालीको मूल मर्मविपरीत सूची तयार गरिएको भन्दै उनले पार्टीभित्र देखिएको आफन्तवाद र नातावादको अन्त्य हुनुपर्ने माग गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कार्कीले समानुपातिक प्रणालीको उद्देश्य भौगोलिक रूपमा पछाडि परेका, पहुँच र शक्ति नपुगेका तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउने रहेको उल्लेख गरेकी छन्। उनले कर्णाली, सुदूरपश्चिम, गाउँ र विपन्न समुदायको आवाज समानुपातिक सूचीमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिँदै पार्टी नेतृत्वका आफन्त र प्रभावशाली व्यक्तिहरू नै सूचीमा प्राथमिकतामा पर्नुले प्रणालीकै औचित्यमाथि प्रश्न उठेको बताएकी छन्।
उनले समानुपातिक प्रणालीले समावेशीकरण गर्नुपर्ने हो, निषेध गर्न होइन भन्ने स्पष्ट गर्दै पार्टीले पेश गरेको सूचीले समावेशीताको भावना कमजोर बनाएको आरोप लगाएकी छन्। साथै, पार्टी पदाधिकारीहरूलाई समानुपातिक सूचीमा राखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले प्राइमरी भोटिङको मर्ममाथि धक्का पुगेको टिप्पणी गरेकी छन्।
कार्कीले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले समानुपातिकको साटो प्रत्यक्ष निर्वाचन लड्ने साहस देखाउनुपर्ने धारणा राखेकी छन्। पार्टी ठूलो भइसकेको अवस्थामा पनि नेतृत्व तहका नेताहरू प्रत्यक्ष चुनाव लड्न हिच्किचाएको भन्दै उनले प्रश्न उठाएकी छन्।
उल्लेखनीय छ, रास्वपाले समानुपातिक बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि अग्रपंक्तिमा रहेका केही व्यक्तिहरू सूचीमा नपरेको र केही सेलिब्रेटी, पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरू समेटिएको विषयले पार्टीभित्र असन्तोष बढाएको देखिन्छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











