नयाँ वर्षको सन्देशमा सीले भने– चीनसँग ताइवानको एकीकरण कसैले रोक्न सक्दैन
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको एकीकरण कसैले रोक्न नसक्ने बताएका छन् । नयाँ वर्षको आफ्नो सम्बोधनमा उनले देशको बढ्दो रक्षा क्षमताको उल्लेख गर्नुका साथै ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो बाँध निर्माणबारेमा पनि प्रकाश पारेका छन् ।
सी चिनफिङले नयाँ वर्ष २०२६ को अवसरमा बुधबार राष्ट्रका नाममा दिएको सन्देशमा ताइवान सामुद्रिक जलमार्गको दुवै छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेको उल्लेख गरेका छन् । उनले मातृभूमिको पुनःएकीकरण समयको माग भएको र यसलाई कसैले रोक्न नसक्ने बताए ।
सीको यो भनाइ यस्तो समयमा आएको हो, जब पछिल्ला तीन दिनदेखि चिनियाँ सेनाले स्वशासित द्वीप ताइवान वरिपरि ठूलो स्तरमा सैन्य अभ्यास तीव्र पारेको छ । चीनले ताइवानलाई आफ्नो मुख्य भूभागको हिस्सा मान्छ ।
चीनले वायुसेनाका नवीनतम लडाकु विमान, विमानवाहक पोत, क्षेप्यास्त्र र ड्रोनहरूको सहायतामा ताइवानमाथि कब्जा गर्ने सैन्य अभ्यास गरेको सन् २०२२ पछि यो छैटौँ पटक हो । आफ्नो सम्बोधनमा ७२ वर्षीय सीले अर्थतन्त्र, रक्षा र प्रविधिका क्षेत्रमा बेइजिङको प्रगतिको पनि चर्चा गरेका छन् ।
उनले ब्रह्मपुत्र भनिने यारलुङ त्साङ्पो नदीको तल्लो भागमा जलविद्युत् परियोजनाको निर्माण सुरु भइसकेको जानकारी दिए । चीनले वातावरणीय दृष्टिले संवेदनशील तिब्बत क्षेत्रमा बाँधको औपचारिक निर्माण सुरु गरेको छ ।
अरुणाचल प्रदेशको सीमानजिक ब्रह्मपुत्र नदीमा १७० अर्ब डलर लागतमा निर्माण भइरहेको यो बाँधले भारत र बंगलादेशका तल्लो क्षेत्रहरूमा बाढीको जोखिम बढाएको बताइएको छ ।
सीले विद्युतीय चुम्बकीय प्रक्षेपक प्रणालीयुक्त चीनको पहिलो विमानवाहक पोतको सञ्चालनबारे पनि उल्लेख गरे । ‘फुजियान’ नामक यो पोत अमेरिकाको यूएसएस जेराल्ड आर. फोर्डपछि विश्वको दोस्रो यस्तो विमानवाहक पोत हो ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा चीनले हासिल गरेको प्रगतिको पनि चर्चा गरेका छन् । त्यस अवसरमा ह्युमानोइड रोबोटहरूले कुङ–फु किक प्रदर्शन गरेका थिए भने ड्रोनहरूले आकर्षक लाइट शो प्रस्तुत गरेका थिए ।
हाल चीनको अर्थतन्त्र करिब पाँच प्रतिशतको कमजोर आर्थिक वृद्धिदरसँग जुधिरहेको छ । निर्यातमा बढी निर्भर रहेको छ । अर्थतन्त्रबारे सीले यस वर्ष चीनको घरेलु उत्पादन (जीडीपी) २० ट्रिलियन डलर नाघ्ने दाबी गरे । उनले भने, “हाम्रो अर्थतन्त्र निरन्तर नयाँ उचाइ हासिल गरिरहेको छ । यस वर्ष यो १४० ट्रिलियन युआन (करिब २० ट्रिलियन डलर)सम्म पुग्ने अपेक्षा छ ।”
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












