नयाँ वर्षको सन्देशमा सीले भने– चीनसँग ताइवानको एकीकरण कसैले रोक्न सक्दैन
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको एकीकरण कसैले रोक्न नसक्ने बताएका छन् । नयाँ वर्षको आफ्नो सम्बोधनमा उनले देशको बढ्दो रक्षा क्षमताको उल्लेख गर्नुका साथै ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो बाँध निर्माणबारेमा पनि प्रकाश पारेका छन् ।
सी चिनफिङले नयाँ वर्ष २०२६ को अवसरमा बुधबार राष्ट्रका नाममा दिएको सन्देशमा ताइवान सामुद्रिक जलमार्गको दुवै छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेको उल्लेख गरेका छन् । उनले मातृभूमिको पुनःएकीकरण समयको माग भएको र यसलाई कसैले रोक्न नसक्ने बताए ।
सीको यो भनाइ यस्तो समयमा आएको हो, जब पछिल्ला तीन दिनदेखि चिनियाँ सेनाले स्वशासित द्वीप ताइवान वरिपरि ठूलो स्तरमा सैन्य अभ्यास तीव्र पारेको छ । चीनले ताइवानलाई आफ्नो मुख्य भूभागको हिस्सा मान्छ ।
चीनले वायुसेनाका नवीनतम लडाकु विमान, विमानवाहक पोत, क्षेप्यास्त्र र ड्रोनहरूको सहायतामा ताइवानमाथि कब्जा गर्ने सैन्य अभ्यास गरेको सन् २०२२ पछि यो छैटौँ पटक हो । आफ्नो सम्बोधनमा ७२ वर्षीय सीले अर्थतन्त्र, रक्षा र प्रविधिका क्षेत्रमा बेइजिङको प्रगतिको पनि चर्चा गरेका छन् ।
उनले ब्रह्मपुत्र भनिने यारलुङ त्साङ्पो नदीको तल्लो भागमा जलविद्युत् परियोजनाको निर्माण सुरु भइसकेको जानकारी दिए । चीनले वातावरणीय दृष्टिले संवेदनशील तिब्बत क्षेत्रमा बाँधको औपचारिक निर्माण सुरु गरेको छ ।
अरुणाचल प्रदेशको सीमानजिक ब्रह्मपुत्र नदीमा १७० अर्ब डलर लागतमा निर्माण भइरहेको यो बाँधले भारत र बंगलादेशका तल्लो क्षेत्रहरूमा बाढीको जोखिम बढाएको बताइएको छ ।
सीले विद्युतीय चुम्बकीय प्रक्षेपक प्रणालीयुक्त चीनको पहिलो विमानवाहक पोतको सञ्चालनबारे पनि उल्लेख गरे । ‘फुजियान’ नामक यो पोत अमेरिकाको यूएसएस जेराल्ड आर. फोर्डपछि विश्वको दोस्रो यस्तो विमानवाहक पोत हो ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा चीनले हासिल गरेको प्रगतिको पनि चर्चा गरेका छन् । त्यस अवसरमा ह्युमानोइड रोबोटहरूले कुङ–फु किक प्रदर्शन गरेका थिए भने ड्रोनहरूले आकर्षक लाइट शो प्रस्तुत गरेका थिए ।
हाल चीनको अर्थतन्त्र करिब पाँच प्रतिशतको कमजोर आर्थिक वृद्धिदरसँग जुधिरहेको छ । निर्यातमा बढी निर्भर रहेको छ । अर्थतन्त्रबारे सीले यस वर्ष चीनको घरेलु उत्पादन (जीडीपी) २० ट्रिलियन डलर नाघ्ने दाबी गरे । उनले भने, “हाम्रो अर्थतन्त्र निरन्तर नयाँ उचाइ हासिल गरिरहेको छ । यस वर्ष यो १४० ट्रिलियन युआन (करिब २० ट्रिलियन डलर)सम्म पुग्ने अपेक्षा छ ।”
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












