अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्।
नेपाल प्रहरीले उनले गरेको धम्कीको आरोपमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत फरार अभियुक्तको खोजीमा सहयोग गरेको थियो। पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो।
बीआईले उनको फोटोसहितको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। पाठकविरुद्ध १ डिसेम्बर २०२५ मा काठमाडौं जिल्ला अदालतबाट आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो। यो जानकारी इन्टरपोलमा पुगेपछि पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षडयन्त्रको आरोपमा डिफ्युजन नोटिस जारी गरिएको थियो।
फिलिपिन्सको अध्यागमन विभागका अनुसार, पाठकले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने र हतियारसम्मको पहुँच भएको अभिव्यक्ति दिएका थिए। त्यस्तै, उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग पनि जोडिएका थिए।
पाठक फिलिपिन्समा १८ अगस्ट २०२५ मा पुगेका थिए र उनलाई १८ डिसेम्बरसम्म त्यहाँ बसोबास गर्ने अनुमति दिइएको थियो। फिलिपिन्सको अध्यागमन विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्ने जानकारी दिएको छ।
पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख बताउँदै राईसहितको हत्या गर्ने धम्की दिएका थिए। केही समयअघि काठमाडौं प्रहरीले उनका तीन जना साथीहरुलाई पनि पक्राउ गरेको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












