ताजा समाचार

एमाले ओली र नेकपाका संयोजक प्रचण्डबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भेटवार्ता भएको छ।

एमाले केन्द्रीय कार्यालय च्यासल नजिक आज उनीहरूबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार भेटमा उनीहहरूबीच निर्वाचनका विषयमा छलफल भएको हो।

साथै उनीहरूले फागुन २१ गते तय भएको चुनावका लागि उचित वातावरण नबनेको विषयमा समीक्षा गरेका थिए।

उनीहरूबीच राष्ट्रियसभा निर्वाचन र आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूबीचको चुनावी तालमेलबारे पनि छलफल भएको हो।

यसअघि हिजो शनिबार नै भेट गर्ने तयारी भए पनि प्रचण्ड तुम्लिङटारबाट ढिला फर्किएका कारण भेट हुन सकेको थिएन।

आज साँझ प्रचण्ड नयाँदिल्ली जाने कार्यक्रम छ। त्यसअघि नै प्रचण्डले ओलीलाई भेटेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org