भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास सिलिण्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी उनीहरूको मृत्यु भएको हो।
मृतकहरू सबै सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ का बासिन्दा रहेको पुष्टि भएको छ। गाउँपालिका अध्यक्ष भरत गिरी र वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ति जारी गर्दै वडाका दुई परिवारका ९ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
मृत्यु हुनेहरू स्थानीय धनबहादुर वि.क र काशीराम वि.कका परिवारका सदस्य हुन्। धनबहादुर वि.क (३३), उनकी श्रीमती कविता वि.क (३२), छोरी राधा वि.क (१६), रेणुका वि.क (१०) र राजन वि.कको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, काशीराम वि.क (४७) का परिवारका उनकी श्रीमती टीका वि.क (३२), छोरी अनु वि.क (१२) र छोरा किरण वि.क (७) को पनि आगलागीमा ज्यान गएको छ।
वडाका दुई परिवारका ९ सदस्यको एकैपटक निधन भएपछि मंगलबार वडाभर शोक विदा दिइएको वडासचिव कृष्ण चलाउनेले जानकारी दिए। उनका अनुसार दुवै परिवार रोजगारीका लागि हिमाचल प्रदेशमा बस्दै आएका थिए। काशीराम वि.कका भाइले हिमाचलबाट गाउँमा घटनाबारे जानकारी गराएका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहान करिब २ः३० बजे ग्यास सिलिण्डर विस्फोट भएपछि एउटा घरमा आगलागी भएको थियो। फेन्सी पसलसमेत रहेको उक्त घरमा लागेको आगो छेउछाउका घर तथा पसलहरूमा पनि फैलिएको थियो।
वेबइन्डियाका अनुसार आगलागीबाट १५ भन्दा बढी पसलमा क्षति पुगेको छ। समाचारमा आगलागीपछि ९ जना नेपाली घरभित्रै अड्किएका र निसास्सिएर मृत्यु भएको हुनसक्ने उल्लेख गरिएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











