भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास सिलिण्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी उनीहरूको मृत्यु भएको हो।
मृतकहरू सबै सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ का बासिन्दा रहेको पुष्टि भएको छ। गाउँपालिका अध्यक्ष भरत गिरी र वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ति जारी गर्दै वडाका दुई परिवारका ९ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
मृत्यु हुनेहरू स्थानीय धनबहादुर वि.क र काशीराम वि.कका परिवारका सदस्य हुन्। धनबहादुर वि.क (३३), उनकी श्रीमती कविता वि.क (३२), छोरी राधा वि.क (१६), रेणुका वि.क (१०) र राजन वि.कको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, काशीराम वि.क (४७) का परिवारका उनकी श्रीमती टीका वि.क (३२), छोरी अनु वि.क (१२) र छोरा किरण वि.क (७) को पनि आगलागीमा ज्यान गएको छ।
वडाका दुई परिवारका ९ सदस्यको एकैपटक निधन भएपछि मंगलबार वडाभर शोक विदा दिइएको वडासचिव कृष्ण चलाउनेले जानकारी दिए। उनका अनुसार दुवै परिवार रोजगारीका लागि हिमाचल प्रदेशमा बस्दै आएका थिए। काशीराम वि.कका भाइले हिमाचलबाट गाउँमा घटनाबारे जानकारी गराएका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहान करिब २ः३० बजे ग्यास सिलिण्डर विस्फोट भएपछि एउटा घरमा आगलागी भएको थियो। फेन्सी पसलसमेत रहेको उक्त घरमा लागेको आगो छेउछाउका घर तथा पसलहरूमा पनि फैलिएको थियो।
वेबइन्डियाका अनुसार आगलागीबाट १५ भन्दा बढी पसलमा क्षति पुगेको छ। समाचारमा आगलागीपछि ९ जना नेपाली घरभित्रै अड्किएका र निसास्सिएर मृत्यु भएको हुनसक्ने उल्लेख गरिएको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












