ताजा समाचार

माघ महिनाका लागि १२ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्।

नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ ले सार्वजनिक गरेको ब्याजदर अनुसार पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटेको हो।

सात बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो।त्यस्तै, प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ। प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४ प्रतिशत दिने भएको हो । पुस महिनाका लागि व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ५.५५ प्रतिशत थियो।

माघमा भने सर्वसाधारणले अधिकतम ५.५ प्रतिशत छ। पुसमा औंसत ब्याजदर ४.८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४.७ प्रतिशत छ। अहिले सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ५.५ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.३६ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।

बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ ।

हाल बैंकहरूसँग करिब ११ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्।

राष्ट्र बैंकले पछिल्लो समय एक वर्षे ऋणपत्र नै जारी गरेर बैंकहरूबाट अधिक भएको पैसा खिचिरहेको छ। यसरी राखिएको रकम आठ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ७६ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५७ खर्ब २८ अर्ब कर्जा लगानी गरेका छन्।

कुन बैंककाे ब्याजदर कति ?

बैंक माघको लागि ब्याजदर (प्रतिशत) पुसको लागि ब्याजदर (प्रतिशत)
कृषि विकास

४.४०

४.५५

एभरेष्ट

४.४०

४. ७५

नेपाल

५.१

५.१

लक्ष्मी सनसाइज

४.५

४. ७५

माछापुच्छ्रे

४.५

एनआइसी एसिया

प्रभु

४.५५

४.५५

स्ट्याण्डर्ड चार्टर्ड

४.३६

४.६

राष्ट्रिय वाणिज्य

नबिल

४.५५

४.५५

ग्लोबल आइएमई

५.५

५.५५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

सिद्धार्थ

४.५ ५

प्राइम कमर्सियल

४.४

४.२५

कुमारी

४.४३

४.५३

सानिमा

४.५५

४. ७५

हिमालयन

५.५

नेपाल एसबिआई

४.४

४.५ ५

एनएमबी 

सिटिजन्स

४.५

४.७५

औसत

४.७

४. ८५

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org