माघ महिनाका लागि १२ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?
काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्।
नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ ले सार्वजनिक गरेको ब्याजदर अनुसार पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटेको हो।
सात बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो।त्यस्तै, प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ। प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४ प्रतिशत दिने भएको हो । पुस महिनाका लागि व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ५.५५ प्रतिशत थियो।
माघमा भने सर्वसाधारणले अधिकतम ५.५ प्रतिशत छ। पुसमा औंसत ब्याजदर ४.८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४.७ प्रतिशत छ। अहिले सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ५.५ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.३६ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।
बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ ।
हाल बैंकहरूसँग करिब ११ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्।
राष्ट्र बैंकले पछिल्लो समय एक वर्षे ऋणपत्र नै जारी गरेर बैंकहरूबाट अधिक भएको पैसा खिचिरहेको छ। यसरी राखिएको रकम आठ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ७६ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५७ खर्ब २८ अर्ब कर्जा लगानी गरेका छन्।
कुन बैंककाे ब्याजदर कति ?
| बैंक | माघको लागि ब्याजदर (प्रतिशत) | पुसको लागि ब्याजदर (प्रतिशत) |
| कृषि विकास |
४.४० |
४.५५ |
| एभरेष्ट |
४.४० |
४. ७५ |
| नेपाल |
५.१ |
५.१ |
| लक्ष्मी सनसाइज |
४.५ |
४. ७५ |
| माछापुच्छ्रे |
४.५ |
५ |
| एनआइसी एसिया |
५ |
५ |
| प्रभु |
४.५५ |
४.५५ |
| स्ट्याण्डर्ड चार्टर्ड |
४.३६ |
४.६ |
| राष्ट्रिय वाणिज्य |
५ |
५ |
| नबिल |
४.५५ |
४.५५ |
| ग्लोबल आइएमई |
५.५ |
५.५५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
५ |
५ |
| सिद्धार्थ |
४.५ ५ |
५ |
| प्राइम कमर्सियल |
४.४ |
४.२५ |
| कुमारी |
४.४३ |
४.५३ |
| सानिमा |
४.५५ |
४. ७५ |
| हिमालयन |
५ |
५.५ |
| नेपाल एसबिआई |
४.४ |
४.५ ५ |
| एनएमबी |
५ |
५ |
| सिटिजन्स |
४.५ |
४.७५ |
| औसत |
४.७ |
४. ८५ |
Comments
अरु समाचार
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...











