ताजा समाचार

कांग्रेसले पनि मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं ।भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विषेश महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।

महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनद्वारा चुनाव गराइने बताएका हुन्।

विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ अग्रसर भएको छ।

मंगलबारदेखि नै मनोनयनदर्ता सुरू भएको थियो। बुधबार बिहान पनि समय थप गरिएको थियो।

यसअघि भृकुटीमण्डपमा पुस २७ गतेबाट सुरू भएकाे नेकपा एमालेकाे महाधिवेशनमा नै भएकाे  नेतृत्वचयनका लागि विद्युतिय भाेटिङ मेसिन गरेकाे थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org