कांग्रेस विशेष महाधिवेशन पक्षका नेतालाई देउवा नेतृत्वले यसरी गर्यो कारबाही (निर्णयसहित)
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिको बैठकले पार्टीभित्र ठूलो निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको छ।
यस्तो छ उनीहरूलाई कारबाहीको निर्णय:
नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहयको खण्ड क ख ग र घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहान्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यससम्बन्धमा मिति २०८२\०९\२९ र आज ३० गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित सञ्चारबाट पनि पुष्टि भएको । मिति २०८२\०९ \२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदन समेत पेस गरी छलफल भइ पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२\०९\३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न पदमा उमेदवारी भइ दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ ।
साथै केन्द्रीय कार्यसमितिको मिति २०८२\८\१५ र कार्यसम्पादन समितिको मिति २०८२\९\१८ को निर्णयसमेत उल्लंघन गरी मिति २०८२\९\१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन, विकल्प विशेष महाधिवेशन भन्ने सूचना तथा निजहरूले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ३४ (१) को खण्ड ‘क’ पार्टीको आदर्श सिद्धान्त र नीतिविपरीत कुनै पनि कार्य गरेमा ऐऐ को देहाय खण्ड ख पार्टीको विधान नियमावलीविपरीत कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लंघन गरेमा ऐ देहाय खण्ड ङ पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी नोक्सानी पुर्याएमा भन्ने समेतको कार्यहरूको ठाडो उल्लंघन गरेको हुँदा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारी र सदस्यलाई अपर्झट अनुशासनको कारबाही गर्नुपरेको समेतका कारणले नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ५० (५) उल्लेख भएबमोजिमका व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ को देहाय खण्ड घ ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ ।
कारबाहीमा परेका पार्टीका पदाधिकारी तथा सदस्यहरूः
गगन कुमार थापा, महामन्त्री
विश्वप्रकाश शर्मा, महामन्त्री
फरमुल्लाह मन्सुर, सहमहामन्त्री
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











