कांग्रेस विशेष महाधिवेशन पक्षका नेतालाई देउवा नेतृत्वले यसरी गर्यो कारबाही (निर्णयसहित)
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिको बैठकले पार्टीभित्र ठूलो निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। बैठकको निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको छ।
यस्तो छ उनीहरूलाई कारबाहीको निर्णय:
नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहयको खण्ड क ख ग र घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहान्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यससम्बन्धमा मिति २०८२\०९\२९ र आज ३० गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित सञ्चारबाट पनि पुष्टि भएको । मिति २०८२\०९ \२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदन समेत पेस गरी छलफल भइ पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२\०९\३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न पदमा उमेदवारी भइ दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ ।
साथै केन्द्रीय कार्यसमितिको मिति २०८२\८\१५ र कार्यसम्पादन समितिको मिति २०८२\९\१८ को निर्णयसमेत उल्लंघन गरी मिति २०८२\९\१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन, विकल्प विशेष महाधिवेशन भन्ने सूचना तथा निजहरूले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ३४ (१) को खण्ड ‘क’ पार्टीको आदर्श सिद्धान्त र नीतिविपरीत कुनै पनि कार्य गरेमा ऐऐ को देहाय खण्ड ख पार्टीको विधान नियमावलीविपरीत कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लंघन गरेमा ऐ देहाय खण्ड ङ पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी नोक्सानी पुर्याएमा भन्ने समेतको कार्यहरूको ठाडो उल्लंघन गरेको हुँदा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारी र सदस्यलाई अपर्झट अनुशासनको कारबाही गर्नुपरेको समेतका कारणले नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा ५० (५) उल्लेख भएबमोजिमका व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ को देहाय खण्ड घ ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ ।
कारबाहीमा परेका पार्टीका पदाधिकारी तथा सदस्यहरूः
गगन कुमार थापा, महामन्त्री
विश्वप्रकाश शर्मा, महामन्त्री
फरमुल्लाह मन्सुर, सहमहामन्त्री
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












