मेयर बालेनले आज राजीनामा दिँदै, अरु दिनको राजनीतिक गतिविधि कस्तो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी दिनमा अघि बढाउने राजनीतिक गतिविधिको विस्तृत तालिका सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार शाहले आज आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन्।
राजीनामापछि उनी लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय प्रस्थान गर्नेछन् र त्यहाँ हुने पार्टी बैठकमा सहभागी हुने कार्यक्रम छ। सोही दिन रास्वपा कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जनकपुर प्रस्थान गर्नेछन्। जनकपुर पुगेपछि उनले रामजानकी मन्दिरमा दर्शन गर्ने र साँझ सीमित नेताहरूसँग भेटघाट तथा डिनर कार्यक्रममा सहभागी हुने बताइएको छ।
त्यसैगरी, २०८२ माघ ५ गते बिहान १२ बजे जनकपुरस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी हुने शाहले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। २:३० बजे उनी सवारी साधनमार्फत लहानतर्फ प्रस्थान गर्नेछन्।
लहानमा ४:३० बजे मधेश सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। त्यसपछि लहानबाट इटहरी प्रस्थान गरी त्यहाँ कार्यकर्तासँग भेटघाट गर्ने र साँझ ७:३० बजे इटहरीबाट झापाको दमकतर्फ प्रस्थान गर्ने तालिका रहेको छ। ८:३० बजे दमकमा रास्वपाका नेताहरूसँग भेटघाट तथा डिनर कार्यक्रममा सहभागी हुनेछन्।
यस्तै, २०८२ माघ ६ गते बिहान ११ बजे झाँकीसहित झापा जिल्ला निर्वाचन कार्यालय पुगेर झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय सांसद पदका लागि उम्मेदवारी दर्ता तथा मनोनयन गर्ने कार्यक्रम छ। मेयर शाहको यस तालिकाले उनको सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेशको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











