मेयर बालेनले आज राजीनामा दिँदै, अरु दिनको राजनीतिक गतिविधि कस्तो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी दिनमा अघि बढाउने राजनीतिक गतिविधिको विस्तृत तालिका सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार शाहले आज आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन्।
राजीनामापछि उनी लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय प्रस्थान गर्नेछन् र त्यहाँ हुने पार्टी बैठकमा सहभागी हुने कार्यक्रम छ। सोही दिन रास्वपा कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जनकपुर प्रस्थान गर्नेछन्। जनकपुर पुगेपछि उनले रामजानकी मन्दिरमा दर्शन गर्ने र साँझ सीमित नेताहरूसँग भेटघाट तथा डिनर कार्यक्रममा सहभागी हुने बताइएको छ।
त्यसैगरी, २०८२ माघ ५ गते बिहान १२ बजे जनकपुरस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी हुने शाहले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। २:३० बजे उनी सवारी साधनमार्फत लहानतर्फ प्रस्थान गर्नेछन्।
लहानमा ४:३० बजे मधेश सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। त्यसपछि लहानबाट इटहरी प्रस्थान गरी त्यहाँ कार्यकर्तासँग भेटघाट गर्ने र साँझ ७:३० बजे इटहरीबाट झापाको दमकतर्फ प्रस्थान गर्ने तालिका रहेको छ। ८:३० बजे दमकमा रास्वपाका नेताहरूसँग भेटघाट तथा डिनर कार्यक्रममा सहभागी हुनेछन्।
यस्तै, २०८२ माघ ६ गते बिहान ११ बजे झाँकीसहित झापा जिल्ला निर्वाचन कार्यालय पुगेर झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय सांसद पदका लागि उम्मेदवारी दर्ता तथा मनोनयन गर्ने कार्यक्रम छ। मेयर शाहको यस तालिकाले उनको सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेशको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
Comments
अरु समाचार
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...











