नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठक: काठमाडौं-ल्हासा बस सेवा पुन: सञ्चालन गरिने
काठमाडौं । नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकले काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालन गर्ने तथा सीमा र व्यापार पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमति गरेको छ। ६–७ माघमा चीनको ल्हासामा सम्पन्न तेस्रो बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
बैठकमा सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौता समसामयिक संशोधन, सीमा प्रवेश पास सरलीकरण, टोखा–छहरे सुरुङ निर्माणलाई गति, रासायनिक मल आयातका लागि कोटा निर्धारण तथा नेपाल एलडीसीबाट स्तरोन्नति भएपछि पनि चीनको शून्य भन्सार नीतिलाई निरन्तरता दिने विषयमा छलफल भएको छ।
त्यस्तै, नेपाल–चीन सीमा यातायात सम्झौता प्रभावकारी कार्यान्वयन गरी व्यापार समय र लागत घटाउने, हरित च्यानलमार्फत आयात–निर्यात प्रवर्द्धन, किमाथांका, टिमुरे र कोरला नाकामा आइसीपी निर्माण, सडक तथा पुल निर्माण, रसुवा–जिलोङ भगिनी सम्बन्ध स्थापना र उच्च प्रविधियुक्त कृषि पार्क परियोजना अघि बढाउने सहमति भएको छ। यस संयन्त्रको चौथो बैठक आपसी सहमतिमा सन् २०२७ मा नेपालमा आयोजना गरिनेछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











