नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठक: काठमाडौं-ल्हासा बस सेवा पुन: सञ्चालन गरिने
काठमाडौं । नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकले काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालन गर्ने तथा सीमा र व्यापार पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमति गरेको छ। ६–७ माघमा चीनको ल्हासामा सम्पन्न तेस्रो बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
बैठकमा सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौता समसामयिक संशोधन, सीमा प्रवेश पास सरलीकरण, टोखा–छहरे सुरुङ निर्माणलाई गति, रासायनिक मल आयातका लागि कोटा निर्धारण तथा नेपाल एलडीसीबाट स्तरोन्नति भएपछि पनि चीनको शून्य भन्सार नीतिलाई निरन्तरता दिने विषयमा छलफल भएको छ।
त्यस्तै, नेपाल–चीन सीमा यातायात सम्झौता प्रभावकारी कार्यान्वयन गरी व्यापार समय र लागत घटाउने, हरित च्यानलमार्फत आयात–निर्यात प्रवर्द्धन, किमाथांका, टिमुरे र कोरला नाकामा आइसीपी निर्माण, सडक तथा पुल निर्माण, रसुवा–जिलोङ भगिनी सम्बन्ध स्थापना र उच्च प्रविधियुक्त कृषि पार्क परियोजना अघि बढाउने सहमति भएको छ। यस संयन्त्रको चौथो बैठक आपसी सहमतिमा सन् २०२७ मा नेपालमा आयोजना गरिनेछ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












