ताजा समाचार

एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्

काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको पत्रमार्फत एमालेले पार्टी सदस्यहरूलाई बहुमतका लागि क्रियाशील हुन आग्रह गरेको छ। पत्रमा भनिएको छ, “देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अत: पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।”

एमाले नेताहरूका अनुसार, यो पत्र ६ लाख ६३ हजार पार्टी सदस्यहरूलाई पठाइएको छ। प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार, “पार्टीको अपिल केवल सदस्यहरूका लागि होइन, आम मतदातालाई पनि हो।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org