ताजा समाचार

कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

बैठक दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।  बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाइएको छ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएको थियो। साथै सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।

विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। यसअघि केन्द्रीय समिति कुपन्डोल र नयाँ बानेश्वरमा बसेको थियो। केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति गगन थापालाई घोषणा गरेर जाने निर्णय गर्नेछ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org