१७ अंकले घट्यो नेप्से, १४ अर्ब ५६ करोडको सेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ३८ अंकले घटेको नेप्से बिहिबार पुन: १७ दशमलव ५३ अंकले घटेर २७ सय १४ दशमलव शुन्य पाँच अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले घटेर चार सय ६२ दशमलव ७१ अंकमा झरेको छ ।
नेप्सेमा बिहिबार तीन सय २० वटा कम्पनीहरुको एक लाख ३८ हजार आठ सय ८३ पटकको कारोबारमा तीन करोड ५४ लाख ७७ हजार नौं सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार आठ सय ६५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक १३ दशमलव ७७ अंकले बढेर तीन हजार पाँच सय ९७ दशमलव ९४ अंकमा चढेकोमा लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य पाँच र शुन्य दशमलव शुन्य सात अंकले बढेका छन् ।
यि बाहेक वाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव ५७ अंकले घटेर १३ सय ८५ दशमलव शुन्य चार अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ३१ दशमलव ८१ अंकले घटेर पाँच हजार सात सय ९६ दशमलव ७७ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ४५ दशमलव ८३ अंकले घटेर २५ सय ६२ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८४ दशमलव आठ अंकले घटेर १३ हजार ७९ दशमलव ६८ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि ७६ दशमलव ८३ अंकले घटेर ११ हजार एक सय १६ दशमलव २५ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ९८ दशमलव ९४, दुई सय दशमलव ७१, ३० दशमलव २७, २७ दशमलव ४० र छ दशमलव ८१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमाल दोलखा हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबारका आधारमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












