१७ अंकले घट्यो नेप्से, १४ अर्ब ५६ करोडको सेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ३८ अंकले घटेको नेप्से बिहिबार पुन: १७ दशमलव ५३ अंकले घटेर २७ सय १४ दशमलव शुन्य पाँच अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले घटेर चार सय ६२ दशमलव ७१ अंकमा झरेको छ ।
नेप्सेमा बिहिबार तीन सय २० वटा कम्पनीहरुको एक लाख ३८ हजार आठ सय ८३ पटकको कारोबारमा तीन करोड ५४ लाख ७७ हजार नौं सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार आठ सय ६५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक १३ दशमलव ७७ अंकले बढेर तीन हजार पाँच सय ९७ दशमलव ९४ अंकमा चढेकोमा लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य पाँच र शुन्य दशमलव शुन्य सात अंकले बढेका छन् ।
यि बाहेक वाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव ५७ अंकले घटेर १३ सय ८५ दशमलव शुन्य चार अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ३१ दशमलव ८१ अंकले घटेर पाँच हजार सात सय ९६ दशमलव ७७ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ४५ दशमलव ८३ अंकले घटेर २५ सय ६२ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८४ दशमलव आठ अंकले घटेर १३ हजार ७९ दशमलव ६८ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि ७६ दशमलव ८३ अंकले घटेर ११ हजार एक सय १६ दशमलव २५ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ९८ दशमलव ९४, दुई सय दशमलव ७१, ३० दशमलव २७, २७ दशमलव ४० र छ दशमलव ८१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमाल दोलखा हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबारका आधारमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











