नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् नरगिसलाई सजाय सुनाइएको पुष्टि गरेका छन् ।
उनले लेखेका छन्, ‘उनलाई (नरगिस) लाई मिलेमतोमा षडयन्त्र रचेको आरोपमा छ वर्ष र प्रोपोगान्डा गतिविधिका लागि डेढ वर्ष जेल सजाय सुनाइएको छ ।’
नरगिस विगत केही वर्षदेखि जेल सजाय भुक्तान गर्दै आएकी छन् । डिसेम्बर २०२४ मा स्वास्थ्य अवस्थाका कारण उनलाई तीन साताका लागि जेलबाट अस्थायी रिहा गरिएको थियो ।
यद्यपि, गार्डियनको रिपोर्टअनुसार अभियन्ता र पश्चिमा मुलुकहरूको दबाबका कारण उनको रिहाइको समय बढेको थियो । नरगिसको पछिल्लो गिरफ्तारी डिसेम्बर २०२५ मा एक शोक सभामा ‘भडकाउ बयान’ दिएको आरोपमा भएको थियो ।
यही मामिला इरानको उत्तर–पूर्वी सहर मशहदको एक अदालतले उनलाई साढे सात वर्षको जेल सजाय सुनाएको हो ।
५३ वर्षीया नरगिसलाई इरानमा महिलाहरूमा हुने अत्याचारविरूद्ध आवाज उठाएको भन्दै २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदीले कैयौं सजायको सामना गर्दै आएकी छन् ।
Comments
अरु समाचार
-
एमालेको आकस्मिक बैठकले गर्यो ६ महत्वपूर्ण निर्णय
काठमाडौं । नेकपा एमालेको आकस्मिक बैठकले ६ वटा निर्णय गरेको छ । बैठकले रामबहादुर थापा बादलले बिहीबार सदनमा बोलेको विवादास्पद...
-
औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण...
-
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको...
-
सभामुख र उपाध्यक्ष चयनको लागि चुनावी कार्यतालिका सार्वजनिक
काठमाण्डौ - सङ्घीय संसद् सचिवालयले पर्सि आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार...
-
चार सरकारी वकिलको नियमित सरुवा, को कहाँ पुगे ?
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत चार सरकारी वकिलहरूको सरुवा गरेको छ। यसै क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका...
-
देश जलाउने खलपात्रलाई नायक बनाइयो: एमाले कार्यवाहक अध्यक्ष थापा
काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभा...
-
प्रतिनिधि सभा बैठक सुरूवातमै एमालेको विरोध, नेताहरु पक्राउ र लाठीचार्जप्रति आपत्ति
काठमाडौं । प्रतिनिधि सभाकाे पहिलाे बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरूले विरोध जनाउनुभएको छ। आजबाट सुरु भएको बैठक सभाका...
-
एसईई परीक्षा आजदेखि, थप पारदर्शी र व्यवस्थित बनाइने
काठमाडौं । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ ।...
-
गोल्छा ग्रुपद्वारा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई पाँच करोड सहयोग
काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई पाँच करोड आर्थिक सहयोग...












