फागुन २१ को निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह: एमाले अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचन राष्ट्रवादी र राष्ट्रघातवीचको लडाइँ भएको बताए । यसका साथै उनले बनाउने र भत्काउनेबीचको जनमत संग्रहका रुपमा निर्वाचनलाई ब्याख्या गरेका छन् ।
‘निर्वाचन राष्ट्रवादी र राष्ट्रघातबीचको प्रतिस्पर्धा हो । देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो’,, उनले भने, ‘पुराना र नयाँको बहसको अर्थ छैन । एमालेले विकास र सुशासनका लागि आफूलाई प्रमाणित गरिसकेको छ ।’
ओलीले पुस्तान्तरको भ्रम फैलाइएको आरोप लगाए। ‘युवा आगो हो, दिशा चाहिन्छ; अनुभव उज्यालो हो, ऊर्जा चाहिन्छ। युवा र अनुभवीको संयोजनबाट देश बन्छ,’ उनले भने। एमालेले युवाको ऊर्जा र अनुभवलाई जोड्ने पार्टी भएको दाबी उनले गरे।
उनले एमालेकाे घोषणापत्रमा रहेका कुरा निर्वाचनपछि पहिलो मन्त्रिपरिषद् बैठकले तत्काल अघि बढाउने बताए । ओलीले स्थिरता, अनुशासन र योजनाबद्ध कार्यक्रमबाट मात्र सिंहदरबार, संसद् र अदालत निर्माण सम्भव हुने बताए।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












