निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएकाे तथ्यांक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार मतदानका दिन स्वदेशी र विदेशी गरी एक हजार ८३५ यात्रु बाहिरिएका हुन् ।
विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालले मतदानका दिन अन्तर्राष्ट्रियतर्फ २० वटा उडान र १९ अवतरण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदानका कारण आन्तरिकतर्फको उडान ठप्पप्रायः भए पनि अन्तर्राष्ट्रियतर्फ भने सङ्कटग्रस्त पश्चिम एसियाली मुलुकबाहिरका गन्तव्यमा यात्रुले उडान सेवा लिएका छन् ।”
पछिल्लो समय अन्तर्राष्ट्रितर्फ दैनिक एक सय र आन्तरिकतर्फ दैनिक २५० हाराहारी उडान हुँदै आएकामा बिहीबार आन्तरिकतर्फका वायुसेवा कम्पनी र यात्रुले सवारी असहजताका कारण उडान नगरेपछि दुई वटा मात्रै उडान भएको उहाँले बताउनुभयो । आन्तरिकतर्फ नेपाल वायुसेवा निगमले भोजपुर र श्री एयरलाइन्सले सुर्खेतबाट एक/एक मात्रै उडान गरेका हुन् ।
विमानस्थल कार्यालयका अनुसार पश्चिम एसियाली मुलुकमा रोकिएको हवाई उडानका कारण ट्रान्जिटमा रोकिएका यात्रुलाई सेवा दिइने गरी उडान सुरु भएको छ । फ्लाई दुबई र एयर अरेबियाले नेपालमा हुने उडानमा ट्रान्जिटका यात्रुलाई ल्याउने र नेपालबाट यता रोकिएका यात्रुलाई लैजान सुरु गरेका छन् ।
बुधबार दुवै वायुसेवा कम्पनीले नेपालमा एक/एक उडान गरेका छन् । त्यस्तै कतार एयरवेजले पनि युरोपका देशमा अलपत्र परेका यात्रुको उद्धार उडान सुरु गर्ने जनाएको छ । हाल नेपालमा दैनिक तीन उडान गर्दै आएको वायुसेवा कम्पनीले सार्वजनिक गरेको उद्धार उडान हुने गन्तव्यको सूचीमा नेपाल भने समावेश छैन । कतार एयरवेजका दुई वटा ठुला जहाज फागुन १६ देखि काठमाडौँमै रोकिएका छन् ।
पश्चिम एसियाका देशमा चर्किएको युद्ध र हवाईक्षेत्र बन्दका कारण नेपालमा ओहोरदोहोर हुने जजिरा, कुवेत, एयर अरेबिया, फ्लाई दुबाई, नेपाल वायुसेवा निगम, कतार एयरवेज र हिमालय एयरलाइन्सको मध्यपूर्वी क्षेत्रमा हुने उडान दैनिक रद्द हुँदै आएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












