ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर राखिएको फेला पारेको छ। विभागको अनुगमन टोलीले करिब ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरिएको अवस्थामा बरामद गरेको हो।
अनुगमनपछि विभागले सम्बन्धित उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ। साथै, ती सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा तत्काल बिक्री वितरण गर्न निर्देशन दिइएको छ। विभागले बजारमा ग्यासको माग उच्च रहेका बेला आपूर्तिमा अवरोध नआउने गरी वितरण प्रणाली सहज बनाउन सबै पक्षलाई आग्रह गरेको छ। निगमका अनुसार मध्यपूर्वमा बढ्दो तनावका कारण आपूर्ति प्रभावित हुने आशंकाले उपभोक्ताले अत्यधिक भण्डारण गर्दा बजारमा समस्या देखिएको हो।
यसैबीच, विभागले एलपी ग्यासको अवैध कारोबार, कालोबजारी, कृत्रिम अभाव वा बढी मूल्यमा बिक्री भइरहेको पाइएमा तत्काल ११३७ नम्बरमा निःशुल्क फोन गरेर जानकारी दिन आम सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था गरे पनि बजारमा ग्यास अभावको समस्या अझै कायम रहेको छ। विभागले सबै ग्यास उद्योग तथा वितरकलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न र गैरकानुनी गतिविधि नगर्न चेतावनी दिएको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












