प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड बेवास्ता गरी कानुनी संरचना मिच्ने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रधानन्यायाधीशको पद राजनीतिक नियुक्ति नभएको स्पष्ट पारेका हुन् । उक्त पदलाई आवधिक निर्वाचनमार्फत व्यक्त हुने राजनीतिक इच्छासँग जोड्न नहुने उनको भनाई छ । उनका अनुसार विश्वभर स्वीकार्य मानकअनुसार वरिष्ठता नै प्रधानन्यायाधीश नियुक्तिको पहिलो शर्त हो।
वरिष्ठ अधिवक्ता भट्टराई सामाजिक सञ्जालमा थप लेख्छन्, ‘यदि वरिष्ठतम् व्यक्ति असक्षम, अनैतिक वा दोषी ठहरिएमा मात्र दोस्रो वरिष्ठ व्यक्ति स्वतः उक्त पदका लागि हकदार हुने व्यवस्था हुनुपर्छ ।’ उक्त अभ्यासले स्वतन्त्र न्यायपालिकाको आधार स्तम्भलाई मजबुत बनाउने भट्टराईको तर्क छ ।
भट्टराईले अनावश्यक ‘मिडिया ट्रायल’ र राजनीतिक भाष्य सिर्जना गरेर नियुक्ति प्रक्रियालाई विवादित बनाउन नहुने पनि बताएका छन्। यस्ता गतिविधिले न्यायपालिकालाई कमजोर पार्ने चेतावनी दिँदै उनले नियुक्तिपछि भने निरन्तर उच्चस्तरीय खबरदारी र निगरानी आवश्यक रहेको उल्लेख गरेका छन् ।
१०९ दिन लामो न्यायिक आन्दोलनको स्मरण गर्दै त्यसका योजनाकार, योद्धा र कार्यकर्ता कानुन व्यवसायी नै भएको र कानुन व्यवसायीमा अझै पनि जोश, होस र चेतना कायम रहेको वरिष्ठ अधिवक्ता भट्टराईले दाबी गरेका छन् ।
नेपालको संविधानअनुसार प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट गरिन्छ । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा आवश्यक योग्यता पुगेका व्यक्तिमध्येबाट संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि ६ वर्षे कार्यकालका लागि नियुक्ति हुने प्रावधान छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












