प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड बेवास्ता गरी कानुनी संरचना मिच्ने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रधानन्यायाधीशको पद राजनीतिक नियुक्ति नभएको स्पष्ट पारेका हुन् । उक्त पदलाई आवधिक निर्वाचनमार्फत व्यक्त हुने राजनीतिक इच्छासँग जोड्न नहुने उनको भनाई छ । उनका अनुसार विश्वभर स्वीकार्य मानकअनुसार वरिष्ठता नै प्रधानन्यायाधीश नियुक्तिको पहिलो शर्त हो।
वरिष्ठ अधिवक्ता भट्टराई सामाजिक सञ्जालमा थप लेख्छन्, ‘यदि वरिष्ठतम् व्यक्ति असक्षम, अनैतिक वा दोषी ठहरिएमा मात्र दोस्रो वरिष्ठ व्यक्ति स्वतः उक्त पदका लागि हकदार हुने व्यवस्था हुनुपर्छ ।’ उक्त अभ्यासले स्वतन्त्र न्यायपालिकाको आधार स्तम्भलाई मजबुत बनाउने भट्टराईको तर्क छ ।
भट्टराईले अनावश्यक ‘मिडिया ट्रायल’ र राजनीतिक भाष्य सिर्जना गरेर नियुक्ति प्रक्रियालाई विवादित बनाउन नहुने पनि बताएका छन्। यस्ता गतिविधिले न्यायपालिकालाई कमजोर पार्ने चेतावनी दिँदै उनले नियुक्तिपछि भने निरन्तर उच्चस्तरीय खबरदारी र निगरानी आवश्यक रहेको उल्लेख गरेका छन् ।
१०९ दिन लामो न्यायिक आन्दोलनको स्मरण गर्दै त्यसका योजनाकार, योद्धा र कार्यकर्ता कानुन व्यवसायी नै भएको र कानुन व्यवसायीमा अझै पनि जोश, होस र चेतना कायम रहेको वरिष्ठ अधिवक्ता भट्टराईले दाबी गरेका छन् ।
नेपालको संविधानअनुसार प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट गरिन्छ । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा आवश्यक योग्यता पुगेका व्यक्तिमध्येबाट संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि ६ वर्षे कार्यकालका लागि नियुक्ति हुने प्रावधान छ ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













