चार सरकारी वकिलको नियमित सरुवा, को कहाँ पुगे ?
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत चार सरकारी वकिलहरूको सरुवा गरेको छ। यसै क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारी पुगेका छन्। उता विशेष सरकारी वकिलको कार्यालयका प्रमुखमा सहन्यायाधिवक्ता गंगा पौडेलको सरुवा भएको छ। महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीका अनुसार उनीहरुको नियमित सरुवा अन्तर्गत कार्य अवधि पुगिसकेकाले सरुवा गरिएको बताए ।
भण्डारी र पौडेल यसअघि महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत थिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्ले र विशेष सकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्याललाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। बस्याल १७ महिनादेखि विशेष सरकारी वकिलको कार्यालयमा कार्यरत थिए । काफ्ले भने १५ महिनादेखि जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखका रुपमा कार्यरत थिए ।
बस्याल र काफ्ले सरकारी वकिलमा अनुभवी र व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् । सरुवा भएर जाने भण्डारी यसअघि उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख थिए । उनी अनुभवी , अध्ययनशील र वकालत गर्न अब्बल सरकारी वकिलमा गनिन्छन् । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् । उनी पनि अनुभवी , अध्ययनशील र वकालत गर्न अब्बल सरकारी वकिलमा गनिन्छन् ।
Comments
अरु समाचार
-
ओली–लेखक बन्दी प्रत्यक्षीकरण रिटः महान्यायाधिवक्ता कँडेलले निवेदनको विपक्षबाट बहस गर्दै
काठमाडौं । नवनियुक्त तथा विवादास्पद महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको...
-
तत्कालीन प्रम ओली र गृहमन्त्री लेखकलाई थप पाँचदिन हिरासतमा राखिने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन...
-
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
काठमाडौं– सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । आइतबारको मन्त्रिपरिषद्ले...
-
सेयर बजारमा एकैदिन एक सय पाँच अंकको पहिरो
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज एक सय पाँच दशमलव...
-
‘अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन’
नारायणगढ (चितवन)- मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ...
-
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः००...
-
भक्तपुर प्रहरीले चलायो ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी प्रहरी नियन्त्रणमा
भक्तपुर । सार्वजनिक शान्तिमा खलल पुर्याउने व्यक्तिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६०...
-
रातभर ‘अपरेशन सेफ्टी’:गुण्डागर्दीमा संलग्नसहित २३ जना पक्राउ
काठमाडौं । प्रहरीले चलाएको अप्रेशनका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियानको सुरु...
-
कांग्रेसले आजदेखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) देखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले...












