चार सरकारी वकिलको नियमित सरुवा, को कहाँ पुगे ?
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत चार सरकारी वकिलहरूको सरुवा गरेको छ। यसै क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारी पुगेका छन्। उता विशेष सरकारी वकिलको कार्यालयका प्रमुखमा सहन्यायाधिवक्ता गंगा पौडेलको सरुवा भएको छ। महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीका अनुसार उनीहरुको नियमित सरुवा अन्तर्गत कार्य अवधि पुगिसकेकाले सरुवा गरिएको बताए ।
भण्डारी र पौडेल यसअघि महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत थिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्ले र विशेष सकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्याललाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। बस्याल १७ महिनादेखि विशेष सरकारी वकिलको कार्यालयमा कार्यरत थिए । काफ्ले भने १५ महिनादेखि जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखका रुपमा कार्यरत थिए ।
बस्याल र काफ्ले सरकारी वकिलमा अनुभवी र व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् । सरुवा भएर जाने भण्डारी यसअघि उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख थिए । उनी अनुभवी , अध्ययनशील र वकालत गर्न अब्बल सरकारी वकिलमा गनिन्छन् । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् । उनी पनि अनुभवी , अध्ययनशील र वकालत गर्न अब्बल सरकारी वकिलमा गनिन्छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












