चार सरकारी वकिलको नियमित सरुवा, को कहाँ पुगे ?
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत चार सरकारी वकिलहरूको सरुवा गरेको छ। यसै क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारी पुगेका छन्। उता विशेष सरकारी वकिलको कार्यालयका प्रमुखमा सहन्यायाधिवक्ता गंगा पौडेलको सरुवा भएको छ। महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीका अनुसार उनीहरुको नियमित सरुवा अन्तर्गत कार्य अवधि पुगिसकेकाले सरुवा गरिएको बताए ।
भण्डारी र पौडेल यसअघि महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत थिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्ले र विशेष सकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्याललाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। बस्याल १७ महिनादेखि विशेष सरकारी वकिलको कार्यालयमा कार्यरत थिए । काफ्ले भने १५ महिनादेखि जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखका रुपमा कार्यरत थिए ।
बस्याल र काफ्ले सरकारी वकिलमा अनुभवी र व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् । सरुवा भएर जाने भण्डारी यसअघि उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख थिए । उनी अनुभवी , अध्ययनशील र वकालत गर्न अब्बल सरकारी वकिलमा गनिन्छन् । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् । उनी पनि अनुभवी , अध्ययनशील र वकालत गर्न अब्बल सरकारी वकिलमा गनिन्छन् ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












