सेयर बजारमा एकैदिन एक सय पाँच अंकको पहिरो
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज एक सय पाँच दशमलव ५० अंकले घटेर २६ सय ७६ दशमलव ६८ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर चार सय ५७ दशमलव ६१ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौं लाख १४ हजार पाँच सय ७० रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ४८ दशमलव ३६ अंकले घटेर एक हजार चार सय छ दशमलव ४० अंकमा झरेकोमा बिकास बैंक समुहको सूचक पनि दुई सय ५९ दशमलव ५५ अंकले घटेर पाँच हजार सात सय ३८ दशमलव १२ अंकमा झरेको छ ।
फाइनान्स समूहको सुचक पनि ९६ दशमलव २१ अंकले घटेर २३ सय ४५ दशमलव ३५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ८४ दशमलव ९९ अंकले घटेर तीन हजार छ सय ३४ दशमलव ७४ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि चार सय ६३ दशमलव ७१ अंकले घटेर १२ हजार चार सय २५ दशमलव ९८ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि चार सय ३२ दशमलव ११ अंकले घटेर १० हजार सात सय ४४ दशमलव ४४ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः दुई सय २६ दशमलव ६६, तीन दशमलव ५२, एक सय ४३ दशमलव ७२, एक सय ६९ दशमलव ८६, शुन्य दशमलव २२, एक सय ३२ दशमलव २२ र एक सय ४० दशमलव ४९ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । यो कम्पनीका प्रमुख शेयर लगानीकर्ता दिपक भट्ट सम्पती सुद्धीकरण सम्वन्धी मुद्धामा पक्राउ परेसंगै हिमालयन रिको शेयर बिक्री बढेको हो ।
Comments
अरु समाचार
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ । अर्थ मन्त्रालयका अनुसार...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...












