सेयर बजारमा एकैदिन एक सय पाँच अंकको पहिरो
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज एक सय पाँच दशमलव ५० अंकले घटेर २६ सय ७६ दशमलव ६८ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर चार सय ५७ दशमलव ६१ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौं लाख १४ हजार पाँच सय ७० रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ४८ दशमलव ३६ अंकले घटेर एक हजार चार सय छ दशमलव ४० अंकमा झरेकोमा बिकास बैंक समुहको सूचक पनि दुई सय ५९ दशमलव ५५ अंकले घटेर पाँच हजार सात सय ३८ दशमलव १२ अंकमा झरेको छ ।
फाइनान्स समूहको सुचक पनि ९६ दशमलव २१ अंकले घटेर २३ सय ४५ दशमलव ३५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ८४ दशमलव ९९ अंकले घटेर तीन हजार छ सय ३४ दशमलव ७४ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि चार सय ६३ दशमलव ७१ अंकले घटेर १२ हजार चार सय २५ दशमलव ९८ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि चार सय ३२ दशमलव ११ अंकले घटेर १० हजार सात सय ४४ दशमलव ४४ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः दुई सय २६ दशमलव ६६, तीन दशमलव ५२, एक सय ४३ दशमलव ७२, एक सय ६९ दशमलव ८६, शुन्य दशमलव २२, एक सय ३२ दशमलव २२ र एक सय ४० दशमलव ४९ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । यो कम्पनीका प्रमुख शेयर लगानीकर्ता दिपक भट्ट सम्पती सुद्धीकरण सम्वन्धी मुद्धामा पक्राउ परेसंगै हिमालयन रिको शेयर बिक्री बढेको हो ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












