अमेरिका-इरानबीच के कुरामा हुन सकेन सहमति ? पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने
इस्लामावाद । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट बाहिरिएको छ। इरानको सरकारी समाचार एजेन्सी मेहरका अनुसार इरानी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबादबाट स्थानीय समय आइतबार बिहान ९ बजेतिर स्वदेश प्रस्थान गरेको हो।
वार्ताका लागि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा वार्ता टोली शुक्रबार राति पाकिस्तान आएको थियो। इस्लामाबादमा २१ घण्टासम्म भएको वार्ता निष्कर्षविहीन भएपछि यसअघि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पनि स्वदेश प्रस्थान गरिसकेको छ।
यसैबिच पाकिस्तानले भने मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ। पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलन गरी दुई देशबिच सम्झौताका लागि आफ्नो देशले प्रयास जारी राख्ने बताएका हुन्। बीबीसी उर्दु सेवाका अनुसार, ‘पत्रकार सम्मेलनमा इसाक दारले आफू र देशका फिल्ड मार्सल असिम मुनिरले दुई पक्षबिच धेरै चरणका कठिन तर अर्थपूर्ण वार्तामा मध्यस्थता गर्ने प्रयास गरेको र र वार्ता आइतबार बिहानसम्म जारी रहेको बताए।’
पाकिस्तानी विदेशमन्त्री दारले आशा व्यक्त गर्दै भनेका छन्, ‘अमेरिका र इरानले दिगो शान्ति र समृद्धिका लागि सकारात्मक भावनासहित वार्ता जारी राख्नेछन्।’ उनले अगाडि भनेका छन्, ‘पाकिस्तानले पनि अमेरिका र इरानबिचको वार्तामा मध्यस्थकर्ताको भूमिका जारी राख्नेछ।’आइतबार बिहान अमेरिका फर्कनुअघि अमेरिकी उपराष्ट्रपति भान्सले इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए।
उनले भनेका थिए,‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो। अब हामी सम्झौताबिनै फर्किंदै छौँ।’ उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए। उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’ उता इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’ गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए।
तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
इरानले भन्यो: अमेरिकासँग ‘दुई-तीन महत्त्वपूर्ण विषय’मा सहमति हुन सकेन
पाकिस्तानमा अमेरिकासँग शनिबार रातभर भएको वार्ता किन असफल भयो भन्ने विषयमा इरानले जानकारी गराएको छ।
बीबीसी फारसी सेवाका अनुसार, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ‘दुई-तीन महत्त्वपूर्ण विषयमा असहमति’का कारण अमेरिकासँग सम्झौता हुन नसकेको बताएका हुन्।
इस्माइल बकाईले इरान न्युज नेटवर्कसँग भनेका छन्, ‘पाकिस्तानको मध्यस्थतामा २४ देखि २५ अप्रत्यक्ष वार्ता भए र केही विषयमा हामी अमेरिकी प्रतिनिधिमण्डलसँग एउटा सम्झौतामा पुग्यौँ, तर दुई वा तीन मामिलामा वैचारिक भिन्नता भयो र हामी सहमतिमा पुग्न सकेनौँ।’
तर उनले के के विषयमा कुरा मिलेन भन्ने विषयमा प्रस्ट बताएनन्।
उनले केवल यत्ति भने, ‘क्षेत्र र होर्मुज स्ट्रेटजस्ता नयाँ मुद्दा थपिएपछि वार्ता अझ जटिल बन्यो। त्यसो त एकै दिनमा सम्झौता हुने अपेक्षा पनि थिएन।’
बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्पर्क र संवाद भने जारी रहने बताएका छन्।
उनले अगाडि भने, ‘कूटनीति कहिल्यै समाप्त हुँदैन; यो देशको हित रक्षा गर्ने माध्यम हो।’
पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्तामा अमेरिकातर्फ उपराष्ट्रपति भान्स र इरानतर्फ संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आआफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
वार्ता असफल भएपछि दुवै देशका वार्ता टोली आइतबार बिहान पाकिस्तानबाट बाहिरिइसकेका छन्।
अमेरिका फर्कनुअघि भान्सले पाकिस्तानको राजधानी इस्लामाबादमा पत्रकार सम्मेलन गरी भनेका थिए, ‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो।’
उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताएका थिए।
उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’
इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’
गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए।
तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












