अमेरिका-इरानबीच के कुरामा हुन सकेन सहमति ? पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने
इस्लामावाद । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट बाहिरिएको छ। इरानको सरकारी समाचार एजेन्सी मेहरका अनुसार इरानी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबादबाट स्थानीय समय आइतबार बिहान ९ बजेतिर स्वदेश प्रस्थान गरेको हो।
वार्ताका लागि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा वार्ता टोली शुक्रबार राति पाकिस्तान आएको थियो। इस्लामाबादमा २१ घण्टासम्म भएको वार्ता निष्कर्षविहीन भएपछि यसअघि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पनि स्वदेश प्रस्थान गरिसकेको छ।
यसैबिच पाकिस्तानले भने मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ। पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलन गरी दुई देशबिच सम्झौताका लागि आफ्नो देशले प्रयास जारी राख्ने बताएका हुन्। बीबीसी उर्दु सेवाका अनुसार, ‘पत्रकार सम्मेलनमा इसाक दारले आफू र देशका फिल्ड मार्सल असिम मुनिरले दुई पक्षबिच धेरै चरणका कठिन तर अर्थपूर्ण वार्तामा मध्यस्थता गर्ने प्रयास गरेको र र वार्ता आइतबार बिहानसम्म जारी रहेको बताए।’
पाकिस्तानी विदेशमन्त्री दारले आशा व्यक्त गर्दै भनेका छन्, ‘अमेरिका र इरानले दिगो शान्ति र समृद्धिका लागि सकारात्मक भावनासहित वार्ता जारी राख्नेछन्।’ उनले अगाडि भनेका छन्, ‘पाकिस्तानले पनि अमेरिका र इरानबिचको वार्तामा मध्यस्थकर्ताको भूमिका जारी राख्नेछ।’आइतबार बिहान अमेरिका फर्कनुअघि अमेरिकी उपराष्ट्रपति भान्सले इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए।
उनले भनेका थिए,‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो। अब हामी सम्झौताबिनै फर्किंदै छौँ।’ उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए। उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’ उता इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’ गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए।
तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
इरानले भन्यो: अमेरिकासँग ‘दुई-तीन महत्त्वपूर्ण विषय’मा सहमति हुन सकेन
पाकिस्तानमा अमेरिकासँग शनिबार रातभर भएको वार्ता किन असफल भयो भन्ने विषयमा इरानले जानकारी गराएको छ।
बीबीसी फारसी सेवाका अनुसार, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ‘दुई-तीन महत्त्वपूर्ण विषयमा असहमति’का कारण अमेरिकासँग सम्झौता हुन नसकेको बताएका हुन्।
इस्माइल बकाईले इरान न्युज नेटवर्कसँग भनेका छन्, ‘पाकिस्तानको मध्यस्थतामा २४ देखि २५ अप्रत्यक्ष वार्ता भए र केही विषयमा हामी अमेरिकी प्रतिनिधिमण्डलसँग एउटा सम्झौतामा पुग्यौँ, तर दुई वा तीन मामिलामा वैचारिक भिन्नता भयो र हामी सहमतिमा पुग्न सकेनौँ।’
तर उनले के के विषयमा कुरा मिलेन भन्ने विषयमा प्रस्ट बताएनन्।
उनले केवल यत्ति भने, ‘क्षेत्र र होर्मुज स्ट्रेटजस्ता नयाँ मुद्दा थपिएपछि वार्ता अझ जटिल बन्यो। त्यसो त एकै दिनमा सम्झौता हुने अपेक्षा पनि थिएन।’
बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्पर्क र संवाद भने जारी रहने बताएका छन्।
उनले अगाडि भने, ‘कूटनीति कहिल्यै समाप्त हुँदैन; यो देशको हित रक्षा गर्ने माध्यम हो।’
पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्तामा अमेरिकातर्फ उपराष्ट्रपति भान्स र इरानतर्फ संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आआफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
वार्ता असफल भएपछि दुवै देशका वार्ता टोली आइतबार बिहान पाकिस्तानबाट बाहिरिइसकेका छन्।
अमेरिका फर्कनुअघि भान्सले पाकिस्तानको राजधानी इस्लामाबादमा पत्रकार सम्मेलन गरी भनेका थिए, ‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो।’
उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताएका थिए।
उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’
इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’
गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए।
तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












