आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । संयुक्त राष्ट्रसङ्घले १५ अप्रिललाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने भएको हो ।
सोही अनुसार नेपालमा पनि यस दिनलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइँदैछ।वेलनेस दिवसको मुख्य उद्देश्य नागरिकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका नि महानिर्देशक डा.श्याम बाबु यादवले जानकारी दिनुभयो ।
यस अवसरमा सङ्घ, प्रदेश तथा स्थानीय तहका विभिन्न निकायलाई कार्यक्रम सञ्चालन गर्न पत्राचार गरिसकिएको र सम्बन्धित संस्थालाई समेत जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन स्वास्थ्य प्रवर्द्धनका गतिविधिअन्तर्गत योग, ध्यान, स्वस्थ खानपान, नियमित व्यायाम, दिनचर्या र रात्रीचर्या सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
साथै आयुर्वेद पद्धतिअन्तर्गत विभिन्न उपचार विधि, जस्तै शिरोधारा लगायतका स्वास्थ्य प्रवर्द्धनात्मक अभ्यासबारे जानकारी दिने कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ। यस्तै, गोष्ठी, प्रवचन तथा अन्तरक्रियामार्फत स्वस्थ जीवनशैलीका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम देशभर सञ्चालन गरिने तयारी गरिएको छ।
स्वस्थ जीवनयापन, निरोगी रहन अपनाउनुपर्ने बानी व्यवहार तथा स्वास्थ्य शिक्षासम्बन्धी विषयमा जनचेतना फैलाउने उद्देश्यले देशभर कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ ।योग, ध्यान र प्राकृतिक उपचारमा आधारित आरोग्य पर्यटन प्रवर्द्धनमा समेत नेपाललाई अवसर मिल्ने उहाँ बताउनुहुन्छ । यो दिवसले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्ने विश्वास लिइएको छ ।
यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलन गर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ।योग, ध्यान र प्राकृतिक उपचारमा आधारित आरोग्य पर्यटन प्रवर्द्धनमा नेपाललाई अवसर मिल्ने उहाँको तर्क छ ।
स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायले प्रेरित ।यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ।
पछिल्लो समय नसर्ने रोगको समस्या बढ्दै गइरहेकाले निरोगी जीवनशैली अपनाउन जनतालाई सचेत गराउने उद्देश्यले यस्ता कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ छ । डा.यादवले वर्तमान समयमा नसर्ने रोगको भार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।
मानिसको बदलिँदो जीवनशैली, खानपानमा असावधानी र शारीरिक व्यायामको कमीले गर्दा यस्ता रोगहरू बढेको उहाँको तर्क छ ।उहाँ भन्नुहुन्छ, “पहिले सर्ने रोगको डर थियो, तर अहिले नसर्ने रोगको भार बढी छ । यसलाई न्यूनीकरण गर्न जनचेतना र स्वास्थ्यप्रति सजगता नै उत्तम विकल्प हो ।”आयुर्वेदको महत्वबारे चर्चा गर्दै उहाँले नेपाली भान्छामा प्रयोग हुने मसलाहरू जस्तै– अदुवा, बेसार, धनियाँ र जवानुको वैज्ञानिक महत्व रहेको बताउनुभयो ।
सामान्य रुघाखोकीको उपचार हाम्रै भान्छाबाट सुरु हुने र स्वस्थ जीवनका लागि आहारविहारमा ध्यान दिन आग्रह गर्नुभयो । नेपाल सरकारले हाल प्रत्येक वडा र टोलमा नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेद सेवा पुर्याइरहेको जानकारी दिनुभयो । स्थानीय स्तरमा नसर्ने रोगबारे जनचेतना जगाउने ।प्रत्येक हप्ता योग र ध्यानका कक्षाहरू सञ्चालन गर्ने ।पञ्चकर्म र शिरोधारा जस्ता आयुर्वेदिक थेरापीहरूको प्रचार गरेको उहाँको दाबी छ ।
नेपाल प्राकृतिक रूपमा जडीबुटीको धनी देश भएकोले यसलाई विश्वकै आरोग्य हब का रूपमा विकास गर्न सकिने डा.यादवको भनाइ छ ।यसले गर्दा विदेशी पर्यटकहरू पनि योग, ध्यान र मौलिक चिकित्साका लागि नेपाल आउने वातावरण सिर्जना भइरहेको छ ।सरकारले राष्ट्रिय आयुर्वेद पञ्चकर्म सेवा केन्द्रुलाई वेलनेस सेन्टरको रूपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।
ब्रह्म मुहूर्तमा उठ्ने, सूर्योदय भन्दा अगाडि उठ्नु स्वास्थ्यका लागि लाभदायक हुने उहाँको भनाइ छ ।उहाँले योग र ध्यान र दैनिक शारीरिक व्यायामले शारीरिक तथा मानसिक स्वास्थ्य सम्स्या नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । सन्तुलित खानपान र सिजन अनुसारको खाना खाने र भान्छामा रहेका प्राकृतिक औषधीको सही प्रयोग गर्न उहाँको सुझाव छ ।यो अभियानले निरोगी नेपाल बनाउने अभियानमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












