टेम्पोमाथि रुख ढल्दा दुई जनाको ज्यान गयो, तीन गम्भीर घाइते
जनकपुरधाम । हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको ज्यान गएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढल्दा रुखमुनी च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते तीनजनालाई नेपाली सेनाले तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगेको छ । सो घटनामा परेर ज्यान गुमाउनेहरुमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मलिक छन् । शव प्रादेशिक अस्पताल जलेश्वरमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरूमा टेम्पु चालक महोत्तरी जलेश्वर नगरपालिका ११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा गाउँपालिका–३ बस्ने तपेश्वर मलिककी श्रीमती ४३ वर्षीया फेकनीदेवी मलिक, जनकपुरधाम–१२ बस्ने १७ का धिरज मलिक र जनकपुरधाम–२० बस्ने १४ वर्षीया रिया पण्डित छन् । उनीहरूमध्ये एकको अवस्था सामान्य छ ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...












