स्वार्थको द्वन्द देखिने गरि गृहमन्त्री गुरुङ पदासिन भएका हुन् ?
काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङ ‘स्वार्थको द्वन्द देखिने’ गरि पदासिन रहेको पाइएको छ । उनी संलग्न रहेको लघु बीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्सका संचालक नै गृहमन्त्री गुरुङले नेतृत्व गरेको गृह प्रशासन अन्तर्गतको हतियार खरिदको ठेक्का पाउने कम्पनिको पनि संचालक रहेको पाइएको छ ।
प्रजुनी बज्राचार्य
दिपक भट्ट समुहको ईन्फिनिटी होल्डिङको कर्मचारी प्रजुनी बज्राचार्यको स्टार माइक्रो इन्स्योरेन्समा १ लाख रुपैयाँ बराबरको शेयर छ । स्टार माइक्रो इन्स्योरेन्समा उनी संचालकमात्रै होइन वेभसाइटमा त उनी अध्यक्ष नै रहेको उल्लेख छ । जबकी गृहमन्त्री सुधन गुरुङको भने २५ लाख रुपैयाँको सेयर देखिन्छ । सोही कम्पनिको वेभसाइटमा उल्लेख भए अनुसार स्टार माइक्रो इन्स्योरेन्सकी अध्यक्ष रहेकी उनी प्रजुनी सरकारी ठेक्का र आपूर्ति सेवाहरूमा एक दशकभन्दा बढीको अनुभव भएकी व्यक्ति हुन् ।
उनलाई कम्पनिले एक अनुभवी व्यावसायिक नेतृको रुपमा उल्लेख गरेको छ । उनी भट्टकै समुह अन्तर्गत पेरुन इन्टरप्राइजेज प्रालिकी निर्देशक हुन् । वेभसाइटका अनुसार उनले नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र प्रहरी बलका परियोजनाहरू सफलतापूर्वक नेतृत्व गरिसकेको भनेर उल्लेख गरिएको छ । दिपक भट्टले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको हतियार खरिदका लागि पेरुन इन्टरप्राइजेजलाई अघि सार्दै ठेक्का पार्दै आएका छन् ।
भट्ट समुहले हङकङको ‘एरिस टेक्नोलोजिज लिमिटेड’को नेपालस्थित एजेन्ट कम्पनी पेरुन इन्टरप्राइजेज मार्फत ब्राजिल लगायतको मुलुकबाट हतियार खरिद गर्ने भन्दै ठेक्कामा सहभागीता जनाउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अधिकांश हतियारको ठेक्कामा यो कम्पनि छनौट भएको तथ्य फेला परेको भन्ने खबर विद्यूतीय सञ्चारमाध्यम ‘दियोपोष्ट’ ले लेखेको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित एक समाचार अनुसार २० असार ०७९ मा हतियार खरिदका लागि मक्र्युर ट्रेडिङ प्रालि र ग्लोबल कन्स्टेलेसन ट्रेडिङ कम्पनीलाई जिम्मा दिने सम्झौता भएको थियो । मक्र्युरसँग पेस्तोल र सटगन तथा ग्लोबलसँग गोली र टियर ग्यास खरिदको सम्झौता भएको थियो । दुवै कम्पनी दिपक भट्टको कर्मचारीको नाममा छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त विवरणअनुसार मक्र्युरको सञ्चालकमा मनोजकुमार अग्रवाल तथा ग्लोबलको सञ्चालकमा दीपककुमार बोहरा र अभिषेक आनन्द छन् । त्यस्तै, सशस्त्र प्रहरी बलमा पेरुन इन्टरप्राइजेज र मक्र्युरले ठेक्का पाएका थिए । पेरुन पनि भट्टकै कर्मचारी प्रजुनी बज्राचार्यको नाममा छ ।
गृहमन्त्री गुरुङ पनि संस्थापक शेयर सदस्य रहेको स्टार माइक्रो इन्स्योरेन्समा प्रजुनीकाे सेयर साताैँ नम्बरमा
गृहमन्त्री गुरुङ पनि संस्थापक शेयर सदस्य रहेको स्टार माइक्रो इन्स्योरेन्समा प्रजुनीको नाम ७ औँ नम्बरमा छ । कम्पनिको विभिन्न रिपोर्टहरुमा उनी नै यो कम्पनिको हर्ताकर्ता छिन् । नेपाल प्रहरीको आधिकारीक वेभसाइटमा २०७८ मंसिर २ गते प्रकाशित हतियार किन्ने कम्पनिहरुको सुचीमा सुधन गुरुङको व्यावसायीक साझेदार प्रजुनीको कम्पनि पेरुन ईन्टरप्राइजेज ३८ औँ नम्बरमा छ । २०८२ भदौ २ गते प्रकाशित प्रहरीकै वेभसाइटमा उल्लेखित डाटा अनुसार पेरुन ५६ औँ नम्बरमा हतियार किन्ने कम्पनिको सूचिमा छ । ‘सशस्त्र प्रहरीको वेभसाइटमा पनि यो कम्पनि हतियार किन्ने कम्पनिमा सुचिकृत रहेको तथ्यहरुले देखाएको छ’ भन्ने खबर दियोपोष्ट लगायत सञ्चारमाध्यमले लेखेका छन् ।
२०८२ असार २२ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट अनुसार दिपक भट्ट समुहलाई नै विवादित रुपमा डेढ अर्ब रुपैयाँको हतियार किन्ने ठेक्का दिने तयारी गरिएको थियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले १ अर्ब ५९ करोड रुपैयाँ रकमान्तर गरेर हतियार खरिदका लागि दिपक भट्टलाई सहयोग गरिदिएका थिए । तर, तिब्र विरोध भएपछि हतियार किन्ने निर्णयबाट सरकार पछि हटेको थियो । पूर्वअर्थमन्त्री शर्माकै छोरी कविता शर्मा भट्ट समुहको स्वामित्व रहेको प्रजुनी बज्राचार्य संचालक रहेको स्टार माइक्रो इन्स्योरेन्समा जिएम पदमा रहेको देखिन्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












